by Roshan
नेपाल भाषा र रञ्जना लिपि सिकाउने उद्देश्यले सामुदायिक बोर्डिङ स्कूलमा विशेष कक्षा सञ्चालन गरिएको छ। उक्त कार्यक्रम नेपाल संवत् ११४५ सिल्लागा, चतुर्दशीमा आरम्भ गरिएको हो।
नेपालको मौलिक पहिचान बोकेको नेपाल भाषा तथा रञ्जना लिपिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन भएको हलिं नेवा: गुथि भाषा लिपि कव का कजि तिर्थ भक्त स्याउला ज्यूको र हलिं नेवा:गुथि पलाॅती कचाको नायो राम कृष्ण श्रेष्ठ ज्यूको विशेष सहयोगमा सुचारु भइरहेको छ।
कार्यक्रममा विद्यार्थी तथा शिक्षकको उत्साहजनक सहभागिता देखिएको छ। सहभागीहरूले नेपाल भाषाको लिपि तथा लेखन प्रणालीबारे विस्तृत रूपमा ज्ञान हासिल गरिरहेका छन्। आयोजकहरूले नेपाल भाषाको महत्वबारे सचेतना फैलाउने तथा लोपोन्मुख लिपि संरक्षण गर्ने लक्ष्य राखेका छन्।
यस प्रकारका पहलहरूले नेपाल भाषाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।